Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

इराकमा आतंकवादी हमला, सैनिक सहित १३ जनाको मृत्यु

उत्तरी इराकमा आतंकवादी हमलामा परि १३ जनाको मृत्यु भएको छ ।
उत्तरी इराकको एउटा गाउँमा इस्लामिक स्टेट (आईएस) लडाकूले गरेको आक्रमणमा कुर्द फौजका सैनिकसहित १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तरी इराकको मखमोर क्षेत्रको एक गाउँमा सेनासँग लडाकूहरूको भिडन्त हुँदा १० सैनिक र तीन सर्वसाधारण मारिएका थिए ।

यद्यपी, इस्लामिक स्टेटले हालसम्म यो आक्रमणको जिम्मा लिएको छैन ।

सन् २०१७ मा आईएसलाई इराकबाट बाहिर निकालेपछि आतंकवादीहरूले इराकी संघको स्वायत्त क्षेत्र कुर्दिस्तानमा गोप्य रुपमा आक्रमणहरू गर्दै आएका छन् । पछिल्ला दिनहरुमा यस्ता आक्रमणहरु बढ्दै गएकाछन् ।