जोडिनुहोस
  • होमपेज
  • बैंक पनि साथी पनि भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

बैंक पनि साथी पनि भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक

काठमाडौं – बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि, यही मुल नारा लिएर गाउँ–गाउँ पुगेको एनआईसी एसिया बैंकले साथिकै राम्रो सम्पत्ति हड्प्ने गरेको तथ्य खुलेको छ । अनेकौं कानूनी तिक्डम गरेर व्यवसायी सुधिर बस्नेतको जग्गा हडपेसँगै बैंकको कर्तुत खुलेको हो । बैैंकले अहिले ओरियन्टल बिल्डर्सका सञ्चालक समेत रहेको बस्नेतको २४ रोपनी १९ आना जग्गा कब्जा गरेर उनलाई घर न घाटको बनाएको छ ।

सुधिर बस्नेतका बुबा सुशील बस्नेतका अनुसार १४ करोड ऋण दिएको बैंकले २ अर्ब भन्दा बढी मुल्यको जग्गा कब्जा गरेको छ । बस्नेत परिवारका अनुसार काठाडौंको धापासी क्षेत्रमा अहिले जग्गाको मूल्य प्रति आना ४५ देखि ५० लाख रुपैयाँ सम्म पर्छ । जसअनुसार धितोमा राखेको २४ रोपनी ९ आना जग्गाको मूल्य २ अर्ब भन्दा बढी पर्न आउँछ । बस्नेतले बैङ्कबाट जम्मा १४ करोड ऋण लिएका थिए । त्यही ऋणलाई आधार बनाई बैंकले विभिन्न हत्कण्डा अपनाएर २ अर्व बढीको जग्गा कब्जा गरेको छ ।

यता जग्गा कब्जाको मुद्दा अदालतमा विचाराधिन समेत छ तरपनि बैंकले अहिले ठूलो संख्यामा सुरक्षा गार्ड राखेर त्यो जग्गामा भवन निर्माण गरिरहेको छ । यो विषयमा एनआइसी एसिया बैङ्कसँग प्रश्न गर्दा, क्यामेरामा बोल्न नमान्ने बैङ्कका अधिकारी अर्जुन खनियाले यो स्वाभाविक प्रक्रिया भएकाले जग्गा र संरचना अब बैकको भएको दाबी गरे । १४ करोड ऋणबाट अवौंको जग्गा गुमाएपछि बस्नेत परिवार यतिबेला न्यायका लागि हार गुहार गरिरहेका छन् ।

अब तपाईं पनि एनआईसी एसीया बैंकमा आफ्नो सम्पत्ती धितो राखेर ऋण लिँदै हुनुहुन्छ भने होस पु¥याउने बेला आएको छ । किनकी धितोमा राखेको तपाईंको जग्गा मन पर्ने वित्तिकै एनआइसी एसीया बैंकले कानूनी तिक्डम अपनाएर जुनसुकैबेला पनि त्यो जग्गा जफत गर्न सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका