Wed Jan 26 2022
आर्थिक

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर ९२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।