Wed Jan 26 2022
अन्तर्राष्ट्रिय

इन्डोनेसियाको पूर्वि जाभाको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोटमा परी १३ को मृत्यु, ९८ भन्दा बढि घाइते

एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी)का अनुसार विष्फोटमा परी अन्य ९८ जना घाइते भएका छन् । यसैबीच ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ ।

ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ ।

अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

जाकार्ता समयानुसार शनिबार दिउ“सो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।