जोडिनुहोस
  • होमपेज
  • बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित

बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जिमा साउदी प्रो लिग क्लबमा अनुबन्धित भएका हुन् ।

अल इतिहाद साउदी प्रो लिगको च्याम्पियन टोली हो । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् ।

बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डी’ओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए ।

बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् । बेन्जिमाले रियलका लागि मुख्य २५ उपाधि जितेका छन् । बेन्जिमाले रियलका ६ सय ४८ खेल खेलेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका