जोडिनुहोस
  • होमपेज
  • भारत भ्रमणबाट सम्मानित भएर आएको महसुस भएको छ : प्रचण्ड

भारत भ्रमणबाट सम्मानित भएर आएको महसुस भएको छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट आफू सम्मानित भएरै आएको बताएका छन् । भारत भ्रमणका विषयमा राष्ट्रियसभामा जवाफ दिँदै प्रचण्डले भारतबाट विल्कुल अपमानित भएर नआएको जिकिर गरे ।

‘भारत भ्रमणमा विल्कुल अपमानित भएर आएको छैन । मैले बडो सम्मानित भएर आएको महसुस छ । मसँगै जाने माननीयहरू हुनुहुन्छ । हामी सबै भारत भ्रमणबाट निक्कै उत्साहित भएका छौँ’ प्रचण्डले भने, ‘राज्यमन्त्री स्वागत गर्न आए प्रधानमन्त्री नआएर भन्नुहुन्छ । सबैलाई स्वागत गर्न आउने राज्यमन्त्री हो । विगतका एकाध भ्रमणलाई छोडेर हेर्दा राज्यमन्त्री आउने हो ।’

प्रचण्डले आफ्नो दोस्रो पटक भारत भ्रमणमा राजकीय भ्रमण भएकाले विदेश मन्त्री शुष्मा स्वराज स्वागत गर्न आएको स्मरण गरे । ‘मेरो दोस्रो पटकको भारत भ्रमण राजकीय थियो । त्यतिबेला विदेश मन्त्री शुस्मा स्वराज आउनुभएको थियो’ प्रचण्डले भने, ‘अफिसिल भिजिटमा राज्य मन्त्री नै स्वागत गर्न आउने हो । कतिपय अवस्थामा प्रधानमन्त्रीलाई सचिव लिन आएका छन् । त्यतिबेला कसैले उठाएन । अहिले प्रचण्ड भ्रमणमा गएका बेला राज्यमन्त्री आए भनिएको छ ।’ भारत भ्रमण राजकीय भ्रमणमा जस्तो हुन्थ्यो त्यो भन्दा कम नभएको प्रचण्डले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका