जोडिनुहोस
  • होमपेज
  • ९ जिल्लामा दादुरा सङ्क्रमण विरुद्धको खोप दिइँदै

९ जिल्लामा दादुरा सङ्क्रमण विरुद्धको खोप दिइँदै

काठमाडौँ । सरकारले दादुरा र रूबेला रोगको जोखिम रहेका जिल्लाका बालबालिकालाई खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि २५ गतेदेखि सो रोगको जोखिममा रहेका ९ वटा जिल्लाका ६ महिनादेखि १५ वर्ष उमेर मुनिका सम्पूर्ण बालबालिकालाई दादुरा–रूबेला खोप दिने भएको हो ।

मन्त्रालयका अनुसार सुनसरी, मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा सो खोव दिइने भएको छ । देशका विभिन्न जिल्लाहरूमा देखिएको दादुरा महामारीलाई अन्य जिल्लामा फैलन सक्ने जोखिम कम गर्न खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।

खोप नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा लगाउन सकिने छ । दादुरा रोगलाई कोभिड–१९ भन्दा पनि तिब्र गतिले फैलिने रोगका रुपमा लिइने गरिन्छ । साथै यसको मृत्युदर पनि उच्च रहेको छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका