Thu May 26 2022
देश

थप २६५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २६५ जना कोरोनाभाइरसका संक्रमण पुष्टि भएको छ । भने २ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ३५७ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ जनामा भएको नमुना परीक्षणमा २६५ जनामा कोरोनाभाइरस पुष्टि भएको हो ।

यस्तै हाल देशभर सक्रिय संक्रमित ६ हजार ३८६ जना रहेका छन् ।