जोडिनुहोस

देश

चीनको सामना गर्दै नेपाल

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ २५, २०८०
चीनको सामना गर्दै नेपाल

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्नेछ । नेपाल र चीनबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो ।

चीन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो ।

छनोटको समूह ‘बी’ को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । चीन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका