Thu Jan 27 2022
देश

प्रदेश सरकारले नीतिगत सुधार गर्न आवश्यक छः लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले निर्धारीत समयमा योजना सम्पन्न नहुने र लागत बढ्दै जाने प्रबृतिको अन्त्यका लागि नयाँ रणनीति आवश्यक रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश योजना आयोगद्धारा बुटवलमा आयोजित दुईदिने राष्ट्रिय योजना सम्मेलन २०७८को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले समयमै योजना सम्पन्न गर्न र अनावश्यक लागत बढ्न नदिनका लागि प्रदेश सरकारले नीतिगत सुधार गर्न लागेका बताएका हुन् ।

बिभिन्न कमी कमजोरीका कारण निर्धारीत समयमा योजना सम्पन्न नहुने र सुरुको लागत अनुमानभन्दा ६ गुणासम्म बढ्न जाने अवस्था आउने गरेकोमा चिन्ता ब्यक्त गर्दै मुख्यमन्त्री केसीले यस बिषयमा निर्ममता पुर्वक समिक्षा आवश्यक रहेको बताए ।

जनप्रतिनिधि तथा राजनीतिक दल, कर्मचारी संयन्त्र र तीनै तहका सरकारबीच सहमति, सहकार्य र समन्वय गरेर अगाडि बढेमात्रै योजना सफल हुने भन्दै केसीले प्रदेश सरकार त्यसका लागि तयार रहेको पनि जानकारी गराए ।