Fri Jan 21 2022
आर्थिक

शेयर बजारको कारोबार दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजारको कारोबार दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर दुई हजार पा“च सय ४६ दशमलब ८ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज दुई सय २७ कम्पनीको ६९ हजार आठ सय ८८ कित्ता शेयर खरिदबिक्री हु“दा कुल चार अर्ब ५४ करोड २३ लाख ४५ हजार दुई सय ७१ रुपैया“को कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको शेयर कारोबार भएको छ । यस बैंकको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज सबै समूहको सूचकमा हरियाली छाए पनि तीन दशमलव ४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन् ।

आज उच्च नाफा कमाउनेमा मेरो माइक्रो फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरू रहेका छन् ।