जोडिनुहोस
  • होमपेज
  • वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि

वेस्ट ह्यामलाई युरोपा कन्फरेन्स लिगको उपाधि

काठमाडौं । इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा इटालियन क्लब फियोरेन्टिनालाई २-१ गोल अन्तरले हराउँदै वेस्ट ह्याम विजयी भएको हो।

खेलको ६२ औं मिनेटमा सेद बेन्रह्माले पेनाल्टीमार्फत गोल गर्दै वेस्ट ह्यामलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६७ औं मिनेटमा जियाकोमा बोनाभेन्तुराले गोल गर्दै फियोरेन्टिनालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को जित दिलाए । वेस्ट ह्यामले ४३ वर्षपछि मुख्य उपाधि जितेको हो ।

यस उपाधिसँगै वेस्ट ह्यामले आगामी सिजनको युरोपा लिगमा समेत स्थान पक्का गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका