जोडिनुहोस
  • होमपेज
  • मेचिनगरबाट अवैध सामान र गाडी प्रहरी नियन्त्रणमा

मेचिनगरबाट अवैध सामान र गाडी प्रहरी नियन्त्रणमा

काठमाडौँ । अवैध सामान र बेवारिसे अवस्थामा फेला परेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाले मेचीनगर नगरपालिका ६ बाट उक्त सामान र गाडी नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब दुई लाख ४४ हजार बराबरको विन चिटर १७० पिस र ट्राउजर ४० पिस बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय पठाइएको छ ।

यस्तै बेवारिसे अवस्थामा फेला परेको मे१च ७९४६ नम्बरको बोलेरो गाडी पनि नियन्त्रणमा लिएर कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका