जोडिनुहोस
  • होमपेज
  • युईएफए च्यामिपयन्सको ट्रफी सार्वजनिक

युईएफए च्यामिपयन्सको ट्रफी सार्वजनिक

काठमाडौं । युईएफए च्यामिपयन्स लिगको ट्रफी सार्वजनिक गरिएको छ । यो सिजनको फाइनल खेल इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा हुँदैछ ।

त्यसका लागि शनिबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालीको इन्टर मिलान आमने–सामने हुँदै छन् । पेप ग्वार्डिवालाको टोली सिटी पहिलोपटक युरापियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ ।

म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै एफए कप जितेको सिटीले प्रिमियर लिगको उपाधि पनि रक्षा गरेको थियो । सिटीका मुख्य स्ट्राइकर अर्लिङ हालान्डले सबै प्रतिस्पर्धामा गरी सिजनमा ५३ गोल गरिसकेका छन् । सिजनमा तेस्रो उपाधि जित्नबाट सिटीका लागि अब एक मात्र बाधक मिलान हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका