जोडिनुहोस
  • होमपेज
  • शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा

शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा

काठमाडौं । नेपालबाट मुलुकबाहिर हुने कारोबार भन्दा विदेशबाट नेपाल भित्र बढी रकमको कारोबार हुँदा शोधनान्तर स्थिति अहिले २ खर्ब भन्दा बढीले बचतमा छ । चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (जेठ मसान्त) सम्म शोधनान्तर स्थिति २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

यसअघि चैत मसान्तसम्म सोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँ बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा साढे ३४ अर्ब रुपैयाँ थप भएको तथ्याङ्‍कले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को १० महिनामा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँले घाटामा थियो । यस वर्ष वस्तु आयातमा आएको उल्लेख कमी, रेमिट्यान्स र पर्यटन आयमा भएको सुधारको सकारात्मक प्रभाव शोधनान्तरमा देखिएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १० महिनामा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । पूँजीगत ट्रान्सफर २०.५ प्रतिशतले घटेर ६ अर्ब ३६ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको छ । अघिल्लो आवको यसै अवधिमा पूँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका