Wed Jan 26 2022
अन्तर्राष्ट्रिय

मालीमा सात शान्ति सैनिकको हत्या

मालीमा संयुक्त राष्ट्रसंघद्को मिसनमा खटिएका ७ सात शान्ति सैनिक मारिएका छन् ।

बुधबार मालीको राजधानी बामाको नजिकै भएको आक्रमण परीे शान्ति मिसन मिनुस्माका ७ जना सैनिकको मृत्यु भएको हो । सोही आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।

मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो ।

सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीर रुपमा घाइते भएका मालीमा खटिएको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

यसअघि पनि मालीको शान्ति मिसनलमा यसैगरी हमला हुने गरेको छ । जसमा परेर कैयौँ सैनिक मारिएका छन् ।

सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गर्नुका साथै शान्ति स्थापनाका लागि खटेका सैनिकमाथिको हमला निन्दनीय रहेको बताएका छन् ।

file photo