Sun Jan 16 2022
मुख्य खबर

प्रकाशमान सिंहले शनिबार उम्मेदवारी घोषणा र अवधारणा सार्वजनिक गर्ने

महाधिवेशन उद्घाटन हुने अघिल्लो दिनसम्म कांग्रेस संस्थापनइतर समूहमा साझा उम्मेदवारीबारे सहमति नभएपछि सभापतिका आकांक्षीहरु अगाडि बढेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्नो उम्मेदवारी घोषणा र अवधारणा शनिबार सार्वजनिक गर्ने भएका छन् ।

उनले आफ्नो सम्पर्क कार्यालय एलम्बर पार्टी प्यालेसबाट अवधारणा सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ ।

संस्थापनइतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

लगातार भएका छलफलमा आकांक्षीले दाबेदारी नछाडेपछि फेरि सभापतिको उम्मेदवार बन्न लागेका सभापति शेरबहादुर देउवालाई चुनौती दिने एक्लो उम्मेदवार बनाउन इतर पक्ष असफल भएको छ ।