जोडिनुहोस

देश

सुनचाँदीको मूल्य स्थिर

  • Sagarmatha TV
  • आइतवार, जेष्ठ २८, २०८०
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासघले आज सुनचाँदीको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर कायम भएको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यही कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । गत साताको शुक्रबारको तुलनामा आज पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ । महासंघअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका