Mon Jan 17 2022
मुख्य खबर

कांग्रेस महाधिवेशनको सुरक्षामा ५ हजार प्रहरी र तालिम प्राप्त कुकुर परिचालन

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई लक्षित गर्दै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महाधिवेशनस्थलसहित विभिन्न ठाउँमा थप ५ हजार प्रहरी परिचालन गरिएको छ । भृकुटीमण्डपमा शुक्रवार हुने उद्घाटन सत्रमा विदेश तथा देशभरबाट आएका पाहुना, प्रतिनिधि र नेता कार्यकर्ता सहभागी हुने कांग्रेसले जनाएको छ ।

एआईजी हरिबहादुर पालको कमाण्डमा प्रहरी चौबिसै घण्टा सुरक्षामा खटिनेछन् । महाधिवेशनमा आउने पाहुनाको सुरक्षालाई ध्यानमा राख्दै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी, सीआईबी, ट्राफिक प्रहरी र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

बिहीवार रातिसम्म सबै उपत्यका आइसक्ने एआईजी पालले बताए । पाहुना तथा प्रतिनिधि बसेका होटल, विशिष्ट पाहुनाको मुभमेन्ट हुने स्थानसम्ममा विशेष सुरक्षा योजना लागू गरिएको छ ।

तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएका छन् । काठमाडौंका विभिन्न चेकपोष्ट, सुनधारा, बागबजार, ठमेल र दरबारमार्गमा अतिरिक्त प्रहरी परिचालित छन् ।

कार्यक्रममा हेडक्वाटरबाट थप १ हजार प्रहरीसमेत खटिने एआईजी पालले बताए । विभिन्न शाखाका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला इन्चार्ज लगायत सबै सुरक्षा निकायका प्रमुखको पनि निगरानी रहने छ ।

उनले सबै सुरक्षा तयारी भएको जानकारी दिदै सुरक्षाका लागी स्थानीय प्रहरीले गस्ति गर्ने, शंकास्पद स्थानमा निगरानी गर्ने, भित्री सुरक्षाको लागी प्रहरी परिचालन गरिएको बताए ।

कार्यक्रम स्थलको मेन गेटमा इन्टल गर्ने, डग स्निग्नीङ, सीसीटीभीबाट समेत निगरानी हुनेछ । भृकृटीमण्डप अगाडि रहेको पुलिस क्लबमा कार्यक्रम स्थलको भिडियो ठूलो स्क्रिनीन मनिटरीङ हुनेछ ।

ड्रोन क्यामराबाट फोटो र भिडियो लिने व्यवस्था गरिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।