Tue Jan 25 2022
देश

कांग्रेस महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविरको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनस्थल भृकुटीमण्डपमा आएका प्रतिनिधिहरुका लागि सांसद जिपछिरिङ लामाले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेका छन् ।

महाधिवेशनमा आएका प्रतिनिधिहरुका लागि सेवाको भावले स्वास्थ्य शिविर सन्चालन गरेको उनले बताएका छन् । सामान्य ज्वरो आएका, टाउको दुखेकाहरुलाई निःशुल्क औषधिको व्यवस्था गरिएको

शिविरमा डा. राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ । सो समितिले एम्बुलेन्सलगायतको प्रवन्ध पनि गरेको छ ।

कांग्रेसले मोहन बस्नेतको संयोजकत्वमा छुट्टै स्वास्थ्य समिति गठन गरेको छ ।