Mon Jan 17 2022
देश

को हुन् कांग्रेस महाधिवेशनमा हिन्दु राज्यको नारा लगाउने?

अमृत ढकाल, काठमाडौं । नेपाली कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन आज देखि सुरु भएको छ ।

आगामी पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गर्न कांग्रेसले काठमाडौंको भृकुटीमण्डपमा १४औं महाधिवेशनको उद्घाटन गरेको हो । कस्तो देखियो त कांग्रेसको १४औं महाधिवेशनको पहिलो दिन ?

प्रमुख सत्तारुढदल नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन शुक्रबार देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले अपरान्ह २ बजे महाधिवेशन उद्घाटन गरे ।

पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न देशका सबै जिल्लाबाट प्रतिनिधिहरु भृकुटीमण्डपमा उपस्थित भएका छन् ।

उद्घाटन अघि देशभरबाट उपस्थित भएका सहभागिहरुको ¥याली निकाली भृकुटीमण्डपमा जम्मा गरिएको थियो । विभिन्न ठाउ“ब्ाँट निकालिएका जुलुसले सांस्कृतिक प्रदर्शन समेत गरेका थिए ।

भिन्न दृश्य त के देखियो भने कांग्रेसको महाधिवेशन स्थलमा सबै जना महाधिवेशन सफल पार्न लागि परिरहेका थियो ।

तर केहि युवाहरु गणतान्त्रिक हिन्दु राज्यको माग गर्दै प्रचा बाढिरहेका थिए । विगतमा कांग्रेसले त्रुटि त्रुटि गरेको भन्दै उनीहरुले देशलाई हिन्दू राष्ट्र घोषणा गर्न नेतृत्वलाई आवहान समेत गरेका छन् ।

कार्यक्रमलाई संवोधन गर्न प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रीक समाजवादीका अध्यक्ष, महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोडेल र नेकपा मालेका महासचिव सिपि मैनाली उद्घाटन समारोहमा सहभागी थिए ।

जसपाबाट विभाजित भएर केही महिनाअघि मात्र लोसपा गठन भएको थियो । तिक्ततापूर्ण सम्बन्धमा रहेका उपेन्द्र यादव र महन्थ ठाकुर एउटै सोफामा थिए । यस अघिन उनीहरुले एमालेको १०औं महाधिवेशनमा चितवनमा पनि संगै थियो ।

यस्तै भारत बाट कांग्रेसलाई सुभकानमा दिन आएका भारतीय जनता पार्टीका नेता हर्षवर्द्धन पनि समारोहमा सहभागी थिए ।

मञ्च बाहिर कार्यकर्ताहरुले आ—आफ्ना प्यानललाई भोट मागीरहेका थिए । १४र्औं महाधिवेशनको लोगोसहितको पानीका बोतल कांग्रेसले सहभागीलाई वितरण गरेको थियो ।

महाधिवेशनस्थलमा पार्टीका झण्डा र चुनाव चिन्ह् रूख अङ्कित झण्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ ।

काठमाडौंका सडक सडकमा नेपाली कांग््रेसका ठूला ठूला ब्यानर सहितका गेट बनाइएको छ । भृकुटीमण्डप बाहेक अन्य ठाउ“मा सहभागीलाई कार्यक्रम हेर्न सहज होस भनेर स्क्रिनको व्यवस्था गरिएको थियो ।

यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवाले कांग्रेसको एप सार्वजनिक गरेका छन् ।

एपमा पार्टीका नेता तथा क्रियाशील सदस्य, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायत सम्पूर्ण जानकारी उपलब्ध हुने जनाइएको छ ।

त्यस्तै अन्य सामान्य अवस्थमा भन्दा काठमण्डौं उपत्यकाको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ । सुरक्ष्ाँको लागि जनपथ, शसस्त्र र ट्राफिक प्रहरीको संख्यामा वृद्धी गरिएको छ ।