जोडिनुहोस
  • होमपेज
  • संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै कर्मचारीको प्रदर्शन

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै कर्मचारीको प्रदर्शन

काठमाडौं । संघीय शिक्षा ऐन जारी गर्न माग राख्दै देशभरका विभिन्न विद्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।आइतबार नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म थाल ठटाएर पर्दशन गरेका छन्

सरकारले संघिय शिक्षा ऐन जारी गर्ने भनेर अलमल्याएर लामो समयसम्म झुटो आवश्वासनमा पारेपछि देशभरका विधालयका कर्मचारीहरुले सरकारलाई संघिय शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण गराउँदै आन्दोलनमा उत्रिएका हुन् । प्रर्दशनका क्रममा उनीहरुले थाल ,घन्टी लगायतका भाँडाकुँडा बजाउदैँ आन्दोलनमा उत्रिएका थिए ।

परिषद् आवद्ध कर्माचारीहरु सेवा सुविधा वृद्धिलगायतका मागसहित केही समय अघि देखि आन्दोलनरत पक्षले सरकारलाई ध्यानाकर्षण गराइरहेका छन् । तर यस वारेमा अहिलेसम्म शिक्षा मन्त्तीले केही जवाफ दिएका छैनन् ।

संघीय शक्षा ऐन जारी गर, नि ःशुल्क शिक्षा लागू गर, बुँदा नम्‍मर १२७ लागू गर, सर्वोच्चको फैसला कार्यान्वयन गर लगाएतका नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका थिए । सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२७ मा शिक्षकहरुको सेवा सुविधा बढाउने भनिएको तर बजेटमा त्यस कुरा नआएको भन्दै उनीहरु आक्रोशित बन्दै आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका