Thu Aug 18 2022
मुख्य खबर

ओखलढुंगामा दुई सातामा १९ हजारलाई कोरोनाविरुद्धको खोप

ओखलढुंगा- ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तीव्र पारिएको छ ।

५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छन् ।

जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो ।

एक सय ७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभावन्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खोप दिने व्यवस्था गरिने उनको भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खोप अभियान सञ्चालन भइसकेको छ ।