Mon Jan 17 2022
मुख्य खबर

चारै जनाले दाबेदारी नछाडेपछि पौडेल समूहमा सहमति भएन

सभापतिको टुंगो लगाउन भन्दै कांग्रेस संस्थापन इतर समूहको निर्णायक बैठक शुक्रबार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्यो।

सभापतिका चारैजना आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालासहितको बैठकले सहमति जुटाउन सकेन ।

बैठकमा महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा आफ्नो दाबी यथावत रहेको अडान राखेका छन् ।

सभापतिको अडान राखेर उनी बैठकबाट बाहिरिएका छन् । शुक्रबार महाधिवेशन उद्घाटन भएको छ । शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारी दर्ता गर्ने समय आइसक्दा पनि पौडेल समूहले सभापतिबारे निर्णय गर्न सकेको छैन।

संस्थापनबाट भने शेरबहादुर देउवा फेरि सभापतिको उम्मेदवार बन्ने भएका छन् । संस्थापनले पनि अन्य पदाधिकारी भने टुंगो लगाएको छैन ।