जोडिनुहोस
  • होमपेज
  • तीन दिनभित्र संसदीय सुनुवाइ टुंग्याएर प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलाउने निर्णय

तीन दिनभित्र संसदीय सुनुवाइ टुंग्याएर प्रधानन्यायाधीश नियुक्तिको बाटो खुलाउने निर्णय

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको टुंगो असार १ गतेभित्र लगाउने भएको छ ।

आज बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।

तीनदिनभित्र सुनुवाइ टुंगाे लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटाे खुला हुनेछ ।

प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध जेठ १६ गते उजुरी आह्वान भएको थियो । १० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् ।

जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । समितिसमक्ष कार्कीले प्रस्तुत गरेका कार्य योजना सदस्यहरूलाई उपलब्ध गराइएको छ ।

जेठ ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका छ । असार १ गते समितिले निर्णय गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका