Thu Jan 27 2022
मुख्य खबर

थप २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, एकजना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर २ सय ३६ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९ हजार १ सय ७८ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ सय ३६ जना संक्रमित थपिएका हुन्।

यसैगरी आज एकजना संक्रमितको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ५५३ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ८ सय ८३ जना सक्रिय संक्रमित रहेका छन्।