जोडिनुहोस
  • होमपेज
  • जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन

जुम्लाका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड विनियोजन

काठमाडौं । जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ रू दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई रू दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो ।

विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि रू ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ । सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि रू ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई रू २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, तातोपानी गाउँपालिकालाई रू ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई रू २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई रू २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई रू २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालालाई रू २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका