जोडिनुहोस
  • होमपेज
  • एमबाप्पे बेच्ने तयारीमा पीएसजी

एमबाप्पे बेच्ने तयारीमा पीएसजी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फरवार्ड केलियन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ ।

एमबाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई बेच्ने तयारी गरेको हो । पीएसजीसँग फ्रेन्च फरवार्डको सम्झौता आगामी सकिदैछ ।

एमबाप्पेलाई फ्री ट्रान्सफरमा गुमाउनु पर्ने सम्भावना देखिएपछि पीएसजीले बेच्ने तयारी थालेको हो ।

२४ वर्षीय एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने पत्र पठाएका छन्।पीएसजीका कीर्तिमानी गोलकर्ता एमबाप्पे २०१७ मा मोनाकोबाट क्लब आएका थिए ।

एमबाप्पेले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्। २०१८ को विश्वकप विजेता एमबाप्पेले फ्रान्सका लागि ६८ खेलमा ३८ गोल गरेका छन् ।

एमबाप्पे अनुबन्धका लागि स्पेनिस क्लब रियल मड्रिडले लामो समयबाट चासो राखिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका