Fri Jan 28 2022
मुख्य खबर

नेपाली पौडी टोली ३ बजे युएइ प्रस्थान गर्ने

काठमाडौँ – विश्व फिना पौडी च्याम्पियनसिपको पन्ध्रौं संस्करणमा भाग लिन नेपाली पौडी टोली आज युएइ जाँदै छ ।

युएइको आबुधाबीमा हुने प्रतियोगितामा भाग लिन नेपालका ५ सदस्यीय पौडी टोली दिउँसो ३ बजे फ्लाई दुबईको जहाजबाट त्यसतर्फ जाने नेपाल पौंडी संघका महासचिव जगतमान श्रेष्ठले जानकारी दिए।

श्रेष्ठकाअनुसार नेपाली टोलीले पौडीको राष्ट्रिय किर्तिमान तोड्ने लक्ष्यले प्रतिस्पर्धा गर्नेछ। कुल ४ पौडी खेलाडीमध्ये अमेरिकामा रहेका एलेक्स शाह उतैबाट युएइ पुग्नेछन् ।

मंसिर २९ देखि पौष ६ गतेसम्म हुने प्रतियोगितामा नेपालको तर्फबाट २ महिला र २ पुरुष खेलाडीले सहभागिता जनाउँदै छन् । पुरुषतर्फ नासिर हुसैनले २ सय मिटर फ्रिस्टाइलमा र व्यक्तिगत मिड्लेमा तथा एलेक्स शाहले ५० र १ सय मिटर फ्रिस्टायलमा सहभागीता जनाउने छन्।

महिलातर्फ अनुश्रिया तण्डुकारले ५० र १ सय मिटर फ्रिस्टायलमा तथा उपास्ती महर्जनले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा नयना शाक्य छिन् । टोलीको व्यवस्थापन अनीश महर्जनले गरेका हुन् ।