Thu Jan 27 2022
Breaking News

कांग्रेस सभापतिमा देउवालाई सर्वसम्मत बनाउन यस्तो छ आन्तरिक गृहकार्य

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनको लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ ।

तर, दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि नै शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवाले पाएका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने भएपछि देउवा र शेखर दुवैको सक्रियता बढेको थियो ।
तर, सभापतिका उम्मेद्धवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले सभापतिमा देउवालाई सघाउने निर्ण गरिसकेका छन् ।
पहिलो चरणमा देउवाभन्दा ५ सय बढि मतले पछि परेका शेखर दोस्रो चरणमा पराजित हुने निश्चित् भएपछि अहिले उक्त समूहमा सर्वसम्मत् रुपमा देउवालाई सभापति बनाउनेबारे छलफल भएको बुझिएको छ ।