Wed Jan 19 2022
मुख्य खबर

बीएमसीद्वारा करीनाको घर सिल

एजेन्सी – बृहन मुम्बई नगर नियम (बीएमसी) ले बलिउड अभिनेत्री करीना कपूर खानको घरलाई सिल गरेको छ । अभिनेत्री करीना र अमृता अरोडा कोरोना भाइरसको चपेटामा परेपछि बीएमसीले घरलाई सिल गरेको हो ।

कोरोना भाइरसको संक्रमणमा परेपछि करीनाले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउण्टमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी छन् ।

‘म कोभिड १९ बाट पोजेटिभ भएकी छु । मैले सबै स्वास्थ्य प्रोटोकल पालन गर्दै आफूलाई आइसोलेट गरेकी छु । मेरो सम्पर्कमा आउनुभएका सबैलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।

मेरो परिवार र स्टाफले डबल भ्याक्सिन लगाएका छन् । उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । म आफूलाई ठिक महशुस गरिरहेको छु । आशा छ, चाँडै निको हुनेछु’, करीनाले लेखेकी छन् ।