जोडिनुहोस

देश

नेपाल र भारत भिड्दै

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ ३२, २०८०
नेपाल र भारत भिड्दै

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले बिहीबार भारत ‘ए’ सँग खेल्दैछ ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’ सँग खेल्दैछ । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान सवा ११ मा सुरु हुनेछ ।

प्रतियोगितामा दोस्रो खेल खेल्दै गरेका दुवै टोली जित हात पार्ने सोचमा रहेका छन् ।

नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग झिनो अन्तरको हार व्यहोरेको थियो । नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेपनि ब्याटिङ नचल्दा २० ओभरमा मात्र ७८ रन बनाउन सक्यो ।

उता, भारतले भने घरेलु टोली हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । यस खेलमा नेपाललाई पराजित गरि भारत सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपाललाई सेमिफाइनल सम्भावना कायम राख्न यस खेलमा जित आवश्यक छ ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका