Sun Jan 16 2022
देश

कांग्रेसका नवनिर्वाचित सभापति देउवालाई नेपालको बधाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

नेपालले फेसबुकमा स्टाटस लेख्दै बदाई दिएका हुन् ।

नेपालले फेसबुकमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

प्रधानमन्त्रीसमेत रहेका देउवा कांग्रेसको १४‍‍औँ महाधिवेशनबाट दोस्रो पटक सभापतिमा निर्वाचित भएका हुन् ।