Tue Jan 18 2022
मनोरञ्जन

शिल्पा सेट्टीका पति राजलाई पक्राउ नगर्न अदालतको आदेश

एजेन्सी- बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रालाई पोर्नोग्राफी मामलामा पुनः पक्राउ नगर्न अदालतले आदेश दिएको छ ।

सुप्रिम कोर्टले अग्रिम जमानत मागिरहेका कुन्द्रालाई ४ हप्ता पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतले महाराष्ट्र सरकारलाई यो आदेश दिएको हो । राजले आफूलाई पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको निवेदनमा उल्लेख गरेका थिए ।

उनले यो मामलामा जमानत पाइसकेका छन् । अहिले यही मुद्धासँग मिल्दोजुल्दो अर्को एक एफआईआर दर्ता भएको छ ।

राज अश्लिल फिल्मको निर्माण र मोबाइल एपका माध्यमबाट अनएयर गरेको आरोपमा पक्राउ परेका थिए । उनी झण्डै ६० दिनसम्म जेलमा बसेका थिए ।