Thu Jan 27 2022
आर्थिक

राष्ट्र बैंकको प्रवक्तामा भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । यसअघि नियमन विभागका प्रमुख देवकुमार ढकाल केन्द्रीय बैंकको प्रवक्ता रहेका थिए । राष्ट्र बैंकको भूक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल अवकास बिदामा बसेसँगै उक्त विभागको जिम्मेवारी ढकाललाई दिइने भएको हो । अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट करिब २१ वर्षअघि नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थिए।