Thu Jan 20 2022
मुख्य खबर

१३९ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १११ कोरोना संक्रमितको आईसीयूमा र २८ को भेन्टिलेटरमा गरी कुल १३९ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १६ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ७० जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ६ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।