Thu Jan 27 2022
मुख्य खबर

आगामी चुनावमा नेकपा एसलाई जिताई जनताको नेता बन्न अध्यक्ष नेपालको आह्वान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा एकीकृत समाजवादीलाई जिताएर जनताको नेता बन्न आह्वान गरेका छन् ।

राष्ट्रियसभाका सबै सिट जित्ने गरी गठबन्धनमा कसरत भइरहेको बताउँदै नेता नेपालले आगामी स्थानीय चुनावबाट एकीकृत समाजवादीलाई अब्बल बनाउन किसानहरू लाग्नु पर्ने बताए ।

उद्धार स्वंयम सेवक आवद्ध सामाजिक संस्था नेपालको आयोजना तथा अखिल नेपाल किसान महासंघको समन्वयमा आज काठमाडौँमा भएको ‘उत्कृष्ट युवा किसान सम्मान कार्यक्रम‘ मा नेपालले भने,’तपाइँहरू किसान भए पनि ध्यान दिनूहोला अबको स्थानीय चुनावमा हामीलाई जिताएर तपाइँहरू नै जनताको नेता बन्नुहोस् ।‘

‘वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ । देशभर ४६० गाउँपालिका छन्, २९३ नगरपालिका छन् । त्यसमा १५०६ जना प्रमुखरउपप्रमुख हुन्छन,’ नेपालले भने,’६ हजार ७४२ वडाबाट ३५ हजार ३१ जना प्रतिनिधि हुन्छन् । त्यसमा जित्ने गरी हाम्रो तयारी छ । तपाइँहरूले आ(आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।‘

नेता नेपालले नेपालको अर्थतन्त्र र कृषि क्षेत्र आत्मनिर्भर बनाउँन वर्तमान सरकार र नेकपा एकीकृत समाजवादीले प्रोत्साहित गरिरहेको पनि बताए ।