जोडिनुहोस
  • होमपेज
  • तीन प्रदेशसहित पहाडी भू-भागमा पानी पर्ने, कोशीमा भारी वर्षाको सम्भावना

तीन प्रदेशसहित पहाडी भू-भागमा पानी पर्ने, कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी प्रणाली भित्रिए पनि अझै देशको पश्चिमी भू-भागमा फैलन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भू-भागमा मात्रै वर्षाको सम्भावना छ ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

वर्षा नहुँदा मध्य तथा पश्चिम तराईका भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम लगातार वृद्धि भइरहेको छ। महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, नवलपरासी जिल्लामा अत्याधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ । साथै कञ्चनपुर, कैलाली, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी जिल्लामा थोरै तापक्रम घटे पनि गर्मीको सम्भावना यथावत् रहने हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाडी भू-भागका थोरै स्थान मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थान मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको एकरदुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि कोशी प्रदेशका पहाडी भू-भागका केही स्थान, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोशी प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

सोमबार कोशी प्रदेशको केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र देशको बाँकी भू-भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका