Mon Jan 24 2022
खेलकुद

आज नेपालले भूटानको सामना गर्दै

साफ-१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई देशबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ।

फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि नेपाललाई भुटानविरुद्ध जितको आवश्यक छ ।

नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतसँग खेल्नेछ ।

पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइएको छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।