Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

जापानको मनोरोग अस्पतालमा आगलागी, २७ को मृत्यु

 

जापानको एक अस्पतालमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।
जापानको ओसाकास्थित एक मनोरोग अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागीमा परी घाइते भएका २८ जनामध्ये २७ जनाको मृत्यु भएको हो ।

आठ तले भवनको चौथो तल्लामा आगलागी भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आगो लागेको तल्लामा धेरै मानसिक रोगीहरुको उपचार भइरहेको थियो ।

भिषण आगलागिका कारण फसेका मानिसहरूले पनि भाग्ने मौका नपाएको र आधा घण्टामा पूरै भुइँ जलेर खरानी बनेको जनाइएको छ । हाल ७० दमकलको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ । साथै राहत तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
ओसाकाका प्रहरी प्रवक्ताका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।