जोडिनुहोस
  • होमपेज
  • काभा नेसन्स लिग : मंगोलियाविरुद्ध खेल्दै नेपाल

काभा नेसन्स लिग : मंगोलियाविरुद्ध खेल्दै नेपाल

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले आज आइतबार मंगोलियाको सामना गर्दैछ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले मंगोलियाको सामना गर्नेछ । नेपाल र मंगोलियाबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

आज नेपाल मंगोलियालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । मंगोलिया पनि नेपाललाई हराएर विजयी सुरुआत गर्ने योजनामा रहेको छ ।

नेपाल हरिहजुर थापाको कप्तानीमा मैदान उत्रनेछ । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग खेल्ने तालिका रहेको छ ।

नेपालले तेस्रो खेलमा मंगलबार इरान, चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्ने छ ।

नेपाली टोली शनिबार किर्गिस्तान पुगिसकेका छन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली –

हरिहजुर थापा (कप्तान), लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री, हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?