Sat Jan 22 2022
मुख्य खबर

कालिकोटमा जलेर महिलाको मृत्यु

कालीकोटमा आगलागीमा घाइते भएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ ।

शुक्रबार आगलागीमा जलेर गम्भीर घाइते भएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उनको मृत्यु भएको हो ।

आगलागीबाट टाउको र खुट्टा जलेको उहाँको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको आफन्त नवराज बुढथापाले बताए ।

शुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेला आगलागीमा उनी घाइते भएकी थिइन् ।