जोडिनुहोस
  • होमपेज
  • विश्वकप छनोटः जिम्बावेविरुद्ध कुशलको अर्धशतक

विश्वकप छनोटः जिम्बावेविरुद्ध कुशलको अर्धशतक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमलाई उत्कृष्ट सुरुवात दिलाउँदै विश्वकप छनोटअन्तर्गत जारी खेलमा जिम्बावेविरुद्ध ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

जिम्बावेस्थित हरारे मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि कुशलले १९ ओभरको समाप्तिमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका लागि ३९औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका कुशलले जारी खेलमा आसिफ शेखसँग ८४ रनको साझेदारी गर्दै ६३ बलमा ८ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका छन् ।

यो कुशलको सातौं ओडीआई अर्धशतक हो ।

अहिलेसम्म नेपालले २१ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई ९५ रन बनाएको छ । कुशल भुर्तेलले ५८ र आसिफ शेखले ३१ रन जोडेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका