Mon Jan 24 2022
Breaking News

आज चार बजे सर्वदलीय बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो चार बजे सर्वदलीय बैठकमा बोलाएका छन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। संसद्को जारी गतिरोध अन्त्यलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत संसदमा प्रतिनिधित्व गर्ने दललाई बोलाइएको छ।