जोडिनुहोस
  • होमपेज
  • म यो देश छोड्दिनँ, जेल जान तयार छु : इमरान खान

म यो देश छोड्दिनँ, जेल जान तयार छु : इमरान खान

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आइतबार सामाजिक सञ्जालमार्फत आफूले कुनै पनि हालतमा देश नछाड्ने बताएका छन् ।

उनले पाकिस्तानको भविष्यका लागि यस्तो गरिरहेको बताएका छन् । इमरान खानले आफू जेल जान तयार रहेको र पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफूले यस्तो गरिरहने बताएका छन् ।

उनले १९ जुनमा आफू इस्लामावाद जान लागेको बताएका छन् । उनले १९ मुद्दामा जमानत पाएका छन् । सरकारले चाहेमा फेरि पनि पक्राउ गर्न सक्छ ।

खानले भने, ‘मे ९ मा केही व्यक्ति हाम्रो पार्टीका कार्यकर्ताहरूमाझ प्रवेश गरेका थिए जसले पाकिस्तानका महत्त्वपूर्ण प्रतिष्ठानहरूमा आक्रमण गरेका थिए ।’ उनले कमान्डर हाउसमा गएका आन्दोलनकारीलाई प्रहरीले किन नरोकेको भन्दै जिज्ञासा राखेका छन् ।

तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानले मे ९ मा भएको घटनालाई बहाना बनाएर देशमा कानुन र व्यवस्थाको उल्लङ्घन भइरहेको आरोप लगाएका छन् ।

उनका अनुसार जेलबाट फर्किएपछि कार्यकर्ताले गत मे ९मा केही व्यक्ति आएर कमान्डरको घर जलाउन र विभिन्न ठाउँमा आगजनी गर्न उक्साएको बताए ।

इमरान खानले यो सबै योजनाबद्ध तरिकाले गरिएको षड्यन्त्र बताएका छन् । घटना भएको २४ घण्टाभित्र १० हजार व्यक्ति पक्राउ परेका थिए ।

मे ९ मा नै इमरान खान इस्लामाबाद उच्च अदालतमा बायोमेट्रिक प्रमाणीकरणका लागि जाँदै गर्दा पक्राउ परेका थिए ।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा व्यापक प्रदर्शन सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका