जोडिनुहोस
  • होमपेज
  • असार ७ मा चियापान कार्यक्रम गर्ने रास्वपाको निर्णय

असार ७ मा चियापान कार्यक्रम गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । सोमबार विहान बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकको संयुक्त बैठकले असार ७ गते पार्टी स्थापाना दिवसका अवसरमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

रास्वपाका सह—महामन्त्री कविन्द्र बर्लाकोटीले भने, ‘ स्थापना दिवसमा विभिन्न दलका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई चियापान निमन्त्रण गर्छौँ ।’ उनका अनुसार रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा साप्ताहिक कार्यक्रम चलिरहेको छ । उनले भने, ‘असार १ देखि ७ गतेसम्म प्रदेशदेखि केन्द्रसम्म पार्टीका गतिविधि चलिरहेका छन् ।’ असार ७ गते पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिने उनले बताए ।

आजको बैठकमा ‘नयाँ युगको संकल्प’ नामक पार्टीको सैद्धान्तिक दस्ताबेजबारे छलफल भएको बुर्लाकोटीले बताए । रास्वपाले भदौसम्म पार्टीको सैद्धान्तिक दस्तावेजमाथि छलफल चलाउने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका