Tue Aug 9 2022
मुख्य खबर

नवनिर्वाचित महामन्त्री शर्मा पुगे सिटौला निवास

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आइतबार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उनकै निवास चण्डोल पुगेर भेटेका छन् । एउटैला जिल्लाका यी नेताहरुबीच आपसी सम्बन्ध न्यानो छैन ।

तर, आफ्नै घरमा भेट्न आएका शर्मालाई सिटौलाले बधाइसहित आशिर्वाद दिएका छन् । सिटौलालाई आफ्ने समूहमा मिलाउने क्रममा सभापति शेरबहादुर देउवाले शर्मालाई आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार बनाउन सकेका थिएनन् ।

त्यसपछि शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेर जित हात पारेका थिए । सिटौलले अगाडि बढाएका देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल पराजित भएका थिए ।

शर्माबारे सिटौला पीडित नेताका रुपमा कांग्रेस वृत्तमा चर्चा हुने गर्छ। ११ औँ महाधिवेशनमा झापाको जिल्ला सभापतिको उम्मेदवार बनेका शर्मा सिटौलाले उम्मेदवार बनाएका उद्धव थापासँग पराजित भएका थिए ।

१२ औँ महाधिवेशन अगाडि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले नेविसंघका पूर्व अध्यक्षहरु सबैलाई केन्द्रीय सदस्य मनोनित गर्दा शार्मा छुटेका थिए । यो पटक पनि शर्मालाई रोक्न सिटौलाले प्रदीपलाई अगाडि बढाएको चर्चा चलेको थियो ।