जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको चौथो विकेट पतन, चारवटै विकेट करणले लिए

अमेरिकाको चौथो विकेट पतन, चारवटै विकेट करणले लिए

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्घको आफ्नो दोस्रो खेलमा नेपालले चौथो विकेट लिएको छ । अमेरिकाले १८ रनको कूल स्कोरमा चार विकेट गुमाएको हो । चौथो विकेट पनि करण केसीले नै लिए ।

करणले चौथो विकेटका रूपमा नस्थुस केन्जिगलाई आउट गराए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका हुन् । करणले यसअघि अमेरिकाका कप्तान एरोन जोन्सलाई दुई रनमा पभेलियन फर्काए ।

करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । सुरुदेखि नै नेपाली बलरहरुको दबाबमा परेको अमेरिकाले आठौँ ओभरको पाँचौँ बलमा तेस्रो विकेट गुमाएको हो ।

यसअघिको दुवै विकेट पनि करण केसीले लिएका हुन् । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पभेलियन फर्काए । करणले तेस्रो नम्बरमा क्रिज समाल्न आएका सैतेजलाई आरिफ शेखद्वारा क्याच गराएका थिए । करणले दोस्रो ओभरको पाँचौँ र छैटौँ बलमा विकेट लिएका थिए ।

नेपालले टस जितेर अमेरिकालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । एकदिवसीय विश्वकपको छनोट खेल जिम्बाब्वेमा भइरहेको छ ।

अमेरिकाविरुद्घको खेलमा नेपालका तीव्र गतिका बलर सोमपाल कामी भने सहभागी थिएनन् । औँलामा लागेको चोटका कारण उनी टोलीबाट बाहिरिएका हुन् । उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले खेल्ने अवसर पाएका थिए ।

नेपाल र अमेरिका दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाब्वेले आठ विकेटले हराएको थियो । अमेरिकालाई भने पहिलो खेलमा वेस्ट इन्डिजले हराएको थियो । अंक तालिकाको नेट रनरेटमा भने नेपालभन्दा अमेरिका अगाडि रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका