जोडिनुहोस
  • होमपेज
  • सर्वसाधारणका लागि खुल्यो थ्रीस्टारको आईपीओ

सर्वसाधारणका लागि खुल्यो थ्रीस्टारको आईपीओ

काठमाडौँ । थ्रीस्टार हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि ६लाख १३ हजार १६२ कित्ता सेयर बिक्री खुलाएको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको २५ प्रतिशत अर्थात १२ लाख ३१ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको योजना बनाएको थियो । हाइड्रोपावरको जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँ छ । जारी पुँजीको २५ प्रतिशतमध्येको १० प्रतिशत सेयर स्थानीयलाई बिक्री भइसकेको छ ।

यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १५ प्रतिशत सेयर वैदेशिक रोजगारीमा गएकाहरूलाई बिक्री सम्पन्न भइसकेको छ । यसै गरी, कम्पनीका कर्मचारीका लागि ५ प्रतिशत सेयर बिक्री गरेर बाँकी बसेको ६लाख १३ हार १६२ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने बताइएको छ ।

चालू आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी ७.४४ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्क ९३.०४ रुपैयाँ छ । यस्तै, जगेडा कोषमा ४ करोड ५८ लाख रुपैयाँ छ । कम्पनीले ६.६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका