जोडिनुहोस
  • होमपेज
  • घोराही सिमेन्टलाई कारवाही गरिदै ! झुटा विवरण दिएको आरोप

घोराही सिमेन्टलाई कारवाही गरिदै ! झुटा विवरण दिएको आरोप

काठमाडौं – घोराही सिमेन्ट ईन्डष्ट्रिजले सर्वसाधारणका लागि आईपिओ खुलाएको एक साता पनि नहुँदै स्थगित भएको छ । कम्पनीले सर्वसाधारणलाई ठग्ने योजना सहित फर्जी आईपिओ भराएको भन्दै सीडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी गराएपछि धितोपत्र बोर्डले आईपिओ रोक्ने निर्णय गरेका हो ।

कम्पनी घाटामा गएको थाहा पाएका कर्मचारी र स्थानीयले समेत पैसा कुम्ल्याएर भाग्छन् कि भन्ने डरले खरिद नगरेको आईपिओ सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो । सर्वसाधारणको ध्यान आकर्षण गरी जसरी पनि पैसा उठाउने योजना बनाएको कम्पनीको कर्तुत सीडिएसले पत्ता लगाएको छ । धेरै आईपिओ बिक्री भएको देखाउनका लागि कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि प्रतिव्यक्ति १० लाखको दरमा आवेदन भेटिएको हो ।

आईपिओमा बढी आवेदन देखाएर सोझा साझा सेयर लगानीकर्ताहरुलाई लगानी गर्न हौसाउनका लागि यसो गरिएको प्रष्ट भएको छ । बैंक खातामा रकम नै नभएका व्यक्तिहरुलाई यति धेरै आईपिओ खरिदका लागि आवेदन दिन लगाएको वा कम्पनी आफैले यस्तो गरेको प्रष्ट बुझिएको छ । सर्वसाधारण ठग्ने कम्पनीको यो मानसिकताका कारण लगानी गरिसकेका व्यक्तिहरुको पैसा डुब्ने निश्चित जस्तै बनेको छ ।

हुन त आईपिओ जारी हुनुभन्दा अगाडी घोराहीले आईपिओबाट सर्वसाधारण ठग्ने योजना बनाएको समाचार नआएका होईनन् । तर, ति सबै समाचारको वेवास्ता गर्दै टन्न पैसा कमाउने सपना देख्दै सर्वसाधारणले आईपिओ भरे । अब आईपिओ भरेका व्यक्तिको पैसा सजिलै फिर्ता आउँला भन्न सकिन्न । कम्पनीले आफ्नै योजनामा ठूलो सङख्यामा आवेदन भर्न लगाएर आफै रिजेक्ट गर्न समेत भ्याएको छ । अन्य कम्पनीको ५ देखी १० प्रतिशत सम्म आवेदन रद्ध हुने गरेकोमा घोराहीको करिब १ करोड ३० लाख कित्ता शेयर त्यो पनि प्रमाणिकरण नै नगरि रिजेक्ट गरिएको सीडिएसले बताएको छ ।

कम्पनीले सर्वसाधारणलाई आकर्षित गर्न यतिसम्म गरेको छ की जम्मा ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेकोमा झण्डै झण्डै २ करोड ३३ लाख कित्ता शेयर खरिदका लागि आवेदन परेको छ । त्यसमा पनि १ करोड कित्ता बढी रिजेक्ट भएको छ । हुन त कम्पनीले आईपिओ बिक्रीका लागि नेपाल धितोपत्रबोर्डबाट स्विकृत पाउँदाका बखत नै यसलाई शंकास्पद रुपमा हेरिएको थियो । उत्तिकै विशेषता भएका अन्य कम्पनीलाई त्यही मूल्यमा बिक्रीका लागि स्विकृती दिन आनाकानी गर्ने बोर्डले घोराहीको आईपिओलाई प्रिमियम शुल्क सहित ४ सय ३५ रुपैयाँमा बिक्री गर्न दिएको थियो ।

त्यसमाथि कम्पनीले झुटा वित्तिय विवरणहरुमा धितोपत्र बोर्डमा पेस गरेको समाचारहरु आई नै रहेका थिए । कम्पनीको बारेमा शंकास्पद कुराहरु छ्याप्ट्याप्ती हुँदा बोर्डको त्यसको बेवास्ता नै नगरी स्विकृत दिँदा यसमा बोर्डलाई पनि कम्पनीले आफ्नो मुठ्ठिमा पारेको हुनसक्ने शंका छ । तर, पछिल्लो समय विवाद बढ्दै गएपछि बोर्डले अनुसन्धान भईरहेको दावी बोर्डले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका